फलफूलका बोटलाई प्रणालीमा ल्याउन निर्देशिका आवश्यक : कृषि सचिव

२०८२ असोज २९ बुधवार
सारांश
  • १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उनले नर्सरीको निर्देशिका कानून मन्त्रालयबाट फिर्ता आएको उल्लेख गर्दै फलफूलको बोटको हकमा आएको मापदण्डलाई निर्देशिका बनाएर नै अगाडि लानुपर्ने बताएका हुन् ।

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्माले फलफूलको बोटको हकमा मापदण्ड र निर्देशिका बनाएर अगाडि बढ्ने तयारी भईरहेको बताएका छन् ।

 

१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उनले नर्सरीको निर्देशिका कानून मन्त्रालयबाट फिर्ता आएको उल्लेख गर्दै फलफूलको बोटको हकमा आएको मापदण्डलाई निर्देशिका बनाएर नै अगाडि लानुपर्ने बताएका हुन् ।

 

उनले, ‘तपार्इंहरुको यो व्यवसायलाई जति नै सिस्टममा ल्यायो त्यति नै राम्रो हुन्छ । यसमा मन्त्रालयले कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा सँगै बसेर छलफल गर्नुपर्ने हुन्छ । हामीले नर्सरीको निर्देशिका पनि बनाएर कानून मन्त्रालयमा पठायौं तर फिर्ता भयो । तर हामीले फलफूलको बोटको हकमा मापदण्ड बनाएका छाँै र यसलाई पनि विस्तारै नियमन गर्ने सन्दर्भमा निर्देशिका बनाएर जाने भनेर हाम्रो तयारी भईरहेको छ ।’

 

यस्तै, उनले राष्ट्रिय रुपमा कृषि क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हिसाबमा कृषि विधेयक र कृषि नीति दुवै तयार भईसकेको पनि बताए ।

 

उनले भने, ‘हाम्रो उद्देश्य के हो भने आयातित वस्तुहरुलाई भन्दा पनि राष्ट्रिय सुरक्षाको हिसाबले, कृषि सुरक्षाको हिसाबले र उद्यमीहरुको सुरक्षाको हिसाबले आन्तरिक रुपमा उत्पादन प्रवद्र्धन गर्ने र राष्ट्रिय रुपमा यो क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हाम्रो बुझाई हो र त्यो बुझाई अनुसार अहिलेको एउटा कृषि विधेयक र अर्को कृषि नीति यी दुवै विषय तयार भईसकेको छ ।’

 

साथै, यो क्षेत्रको समस्याहरुको बारेमा सबै बसेर छलफल गरेर समाधानको बाटोमा अगाडि बढ्ने पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार