- करु, गहुँ, आलुलगायत खेती भित्र्याउन किसान व्यस्त छन् । यहाँ जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ ।
मनाङ, १५ असार : फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ ।
किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली हराउन थाले पनि यतिबेला कहीँ खेती भित्र्याउने त कहीँ लगाउने समय भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए। यसलाई सुहाउँदो वातावरणको अभावले पनि खेतीबाली फेरिन थालेका उनको भनाइ छ ।
करु, गहुँ, आलुलगायत खेती भित्र्याउन किसान व्यस्त छन् । यहाँ जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ । यसका साथै परम्परागत बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ किसान आकिर्षत हुन थालेको पाइन्छ । तर, परम्परागत बालीको उत्पादकत्वका आधारमा किसान सचेत हुँदै कृषिमा आकर्षित भएका पाइन्छ । विगत चार वर्षको तथ्याङ्क हेर्ने होभने अन्य परम्परागत बालीको तुलनामा स्थानीय प्रजातिको आलुखेतीमा वृद्धि भएको पाइन्छ । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौं, फापर, कोलु बोडीलगायतको खेती गरिन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मुला, गाँजरलगायत तरकारी यहीँ उत्पादन हुन्छ । प्रमुख रेग्मीले भन्नुभयो, “यहाँ उत्पादित खाद्यवस्तु जिल्लामा नै खपत हुन्छ, यहाँ चामल, कोदोबाहेकका अन्य खेती गरिन्छ र खपत पनि यहीँ हुन्छ ।”
यहाँ उत्पादित वस्तुले बजार नपाउला भन्ने समस्या नरहेको उहाँको भनाइ छ । हिमाली जिल्ला भएकाले यहाँ जलवायु परिवर्तनको असर यहाँका स्थानीयले भोगिरहेको उनले बताए । “हिउँको भरमा सिँचाइ हुने यस क्षेत्रमा हिउँ पर्न छाडेको छ, कहिलेकहीँ बेसिजनमा हिउँ पर्छ”, उनले भने, “यसको असर प्रत्यक्ष खेतीपातीमा पर्न गएको छ । सिँचाइको अभावले खेती परिवर्तन हुने अवस्था सृजना हुने त्रास छ ।”
जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ । परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ । उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेको पाइएको छ ।
कार्यालयको तथ्याङ्कका आधारमा उत्पादन कम हुने हुँदा परम्परागत बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताए। उनका अनुसार परम्परागत खेतीतर्फ किसान आकर्षित छन् । उत्पादन यहीँ खपत हुन्छ । तर, व्यवसाय परिवर्तनले प्रभाव पारेको छ । विगतमा हुने गरेका खेतीलाई उत्पादन वृद्धि गरी बजारीकरण अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने गरी तीनै तहको ध्यानाकर्षण हुन आवश्यक छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।