काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा

२०८१ माघ ३० गते बुधबार
सारांश
  • खेतीमा लागेको लागत र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन ।

रौतहट : रौतहटका बजारमा काउली र बन्दाको मुल्य कम हुँदा किसान  मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाका स्थानिय  बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत  र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन ।


जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाका अधिकाश कृषक काउली र बन्दाको खेती गर्ने गर्दछन । यो मूल्यमा काउली र बन्दा बिक्री गर्दा घाटा हुने वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका कृषक शिवचन्द्र पटेलले बताए । उनका अनुसार यहाका बजारमा भारतीय तरकारी सस्तोमा पाइने भएपछि समस्य भएको हो ।


भारतीय तरकारी यहाका हाट बजारमा सहजै  र सस्तोमा पाइन थालेपछि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यो समयमा गत बर्ष काउली प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म बिक्री गरेको कृषक  पटेलले बताए । यस पटक आफुले ८ कठ्ठामा काउली र बन्दाको खेती गरेको उनले बताए । यस बर्ष घाटा ब्यहोर्नु परेकाले अब अर्को बर्ष देखि अन्य बालि लगाउने सोच बनाएको उनले बताए । अब अर्को बर्ष मकै खेती गर्ने योजनाम रहेको उनले उल्लेख गरेका छन । 


कृषि ज्ञान केन्द्र गौरका अनुसार काउली र बन्दाका लागि यस जिल्लाको  हावापानी उपयुक्त भएपनि मुल्यका कारण कृषक बिस्थापित हुन थालेका हुन । भारतमा उत्पादन हुने कृषि उपजहरु  नेपाली बजारमा पाइने भएकाले  यहाका कृषक मर्कामा पर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको  छ ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार