मानस एआईको मेटासँगको सम्झौता रद्द, स्वतन्त्र सञ्चालन शुरु
२०८३ भाद्र १८ विहिवार
- सामान्य प्रयोजनका कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गर्ने कम्पनी मानसले मेटाबाट अलग हुँदै पुनः स्वतन्त्र रूपमा सञ्चालन सुरु गरेको जनाएको छ ।
काठमाण्डौ, १८ भाद्र । सामान्य प्रयोजनका कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गर्ने कम्पनी मानसले मेटाबाट अलग हुँदै पुनः स्वतन्त्र रूपमा सञ्चालन सुरु गरेको जनाएको छ ।
कम्पनीले स्वतन्त्र सञ्चालन औपचारिक रूपमा सुरु गरेको जानकारी दिएको हो । कम्पनीका संस्थापक टोलीले नै नेतृत्वलाई निरन्तरता दिँदै विश्वभरका प्रयोगकर्ताका लागि कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणाली विकास गर्ने जनाएको छ ।
कम्पनीका अनुसार मेटाबाट अलग हुने क्रममा केही प्रयोगकर्ताले आफ्नो तथ्यांक सुरक्षित गरेर पुनःस्थापना गर्नुपर्ने अवस्था आएको थियो । यस क्रममा केही समय सेवा पहुँचमा समेत समस्या देखिएको थियो । तथ्यांक सुरक्षित गरिसकेका तर पुनःस्थापना नगरेका प्रयोगकर्ताले अझै पनि पुनःस्थापना गर्न सक्ने र त्यसका लागि कुनै समयसीमा तोकिएको छैन ।
मानस सन् २०२५ मा सीमित मानवीय निर्देशनमै विभिन्न काम गर्न सक्ने सामान्य प्रयोजनको कृत्रिम बुद्धिमत्ता प्रणाली सार्वजनिक गरेपछि चर्चामा आएको थियो । त्यसबेला उद्योग क्षेत्रमा यसलाई ‘दोस्रो डीपसिक’ का रूपमा समेत चर्चा गरिएको थियो ।
त्यसपछि कम्पनीले आफ्नो मुख्य सञ्चालन चीनबाट सिंगापुर सारेको थियो । चीनमा रहेको टोलीको आकार ठूलो मात्रामा घटाउँदै प्राविधिक क्षेत्रमा आवश्यक जनशक्ति मात्र राखिएको र चीनभित्रका सेवा तथा सञ्चालन पूर्ण रूपमा बन्द गरिएको समाचारहरू सार्वजनिक भएका थिए ।
मेटाले सन् २०२५ डिसेम्बर २९ मा मानसलाई आफ्नो स्वामित्वमा ल्याउने घोषणा गरेको थियो । यो सम्झौता करिब २ अर्ब अमेरिकी डलरको रहेको रोयटर्सले जनाएको थियो । यसअघि प्रकाशित विवरणमा भने कम्पनीको मूल्य २ देखि ३ अर्ब अमेरिकी डलरसम्म रहेको उल्लेख गरिएको थियो । दुवै कम्पनीले सम्झौताको अन्तिम आर्थिक विवरण सार्वजनिक गरेका थिएनन् ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले गत अप्रिल २७ मा विदेशी लगानी सुरक्षा समीक्षा संयन्त्रको कार्यालयले कानुनअनुसार मानस खरिदसम्बन्धी परियोजनामा विदेशी लगानी रोक्ने निर्णय गरेको जनाएको थियो । साथै सम्बन्धित पक्षलाई खरिद सम्झौता रद्द गर्न आदेश दिइएको थियो ।
त्यसपछि अगस्टमा मानसले मेटाबाट अलग हुँदै पुनः स्वतन्त्र सञ्चालनको तयारी गरिरहेको जनाएको थियो । अगस्ट ११ को सूचनामा कम्पनीले संक्रमणकालीन प्रक्रियामा केही प्रयोगकर्ताले आफ्नो तथ्यांक सुरक्षित गरी पुनःस्थापना गर्नुपर्ने जानकारी दिएको थियो । कम्पनीले यो प्रक्रिया मेटासँगको अलग हुने र केही देशका नियामकीय आवश्यकताहरू पूरा गर्न आवश्यक भएको बताएको थियो ।
मानसको खरिदसम्बन्धी विषयमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले चिनियाँ सरकारले कम्पनीहरूलाई आवश्यकताअनुसार सीमापार सञ्चालन र प्राविधिक सहकार्य गर्न समर्थन गर्ने बताएका थिए । तर यस्ता गतिविधि चिनियाँ कानुन तथा नियमअनुसार र निर्धारित प्रक्रियामार्फत हुनुपर्ने उनको भनाइ थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पनि अप्रिल २८ मा विदेशी लगानीको समीक्षा कानुन तथा नियमअनुसार हुने बताएका थिए ।
उद्योग विश्लेषकहरूले चीनको यो नियामकीय प्रक्रियाले कुनै विशेष देश वा कम्पनीलाई लक्षित नगरेको र सीमापार लगानीमा समान कानुनी तथा प्रक्रियागत व्यवस्था लागू गर्ने उद्देश्य राखेको बताएका छन् । यस्तो व्यवस्थाले आर्थिक सुरक्षा र बजार व्यवस्थालाई थप मजबुत बनाउन सहयोग गर्ने उनीहरूको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
-
कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु
-
बाढीपीडितका लागि तुंदी कन्स्ट्रक्सनको १ करोड ५२ लाख सहयोग
-
हिमालयमा तीव्र गतिका हिम-चट्टान पहिरोको जोखिम बढ्दै, पूर्वसूचना दिन चुनौती
-
मानस एआईको मेटासँगको सम्झौता रद्द, स्वतन्त्र सञ्चालन शुरु
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।