- जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–६ खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
काठमाडौँ: चितवन प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–६ खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको साथबाट बरामद गरिएको रेड्मी कम्पनीको मोबाइलमा अनलाइन सट्टेबाजीमा रकम जम्मा गर्ने र झिक्ने प्रयोजनका लागि प्रयोग हुने ‘मोबक्यास’ अनुप्रयोग फेला परेको प्रहरीले जनाएको छ। उक्त खातामा २ लाख ७९ हजार सीमा रकम र १३ लाख ८२ हजारमौज्दात रहेको तथा पछिल्लो तीन महिनामा ३८ लाख ९५ हजार बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, अर्को एप्पल कम्पनीको मोबाइलमा रहेको ‘बाइनान्स’ अनुप्रयोगमार्फत ३३ हजार १५० अमेरिकी डलर (करिब ५० लाख ९८ हजार) बराबरको अभौतिक मुद्रा कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले श्रेष्ठविरुद्ध अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।