६२ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले निर्णय गरि अघि लिदैछन् एआईसँग सुझाव

२०८२ फागुन ३० शनिवार
सारांश
  • बेलायतमा गरिएको एक अध्ययनले व्यवसायिक नेतृत्व तहका धेरै व्यक्तिले निर्णय लिन कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो रूपमा निर्भर हुन थालेको देखाएको छ ।

काठमाण्डौ, ३० फाल्गुण । बेलायतमा गरिएको एक अध्ययनले व्यवसायिक नेतृत्व तहका धेरै व्यक्तिले निर्णय लिन कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो रूपमा निर्भर हुन थालेको देखाएको छ ।

 

बजार अनुसन्धान संस्था ३ जेमले गरेको अध्ययनअनुसार ६२ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले अधिकांश निर्णयका लागि कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली प्रयोग गर्ने गरेका छन् ।

 

अध्ययनमा २०० जना व्यवसाय मालिक, संस्थापक, प्रमुख कार्यकारी तथा अन्य वरिष्ठ नेतृत्वकर्तालाई समेटिएको थियो । तीमध्ये १४० जनाले आफ्ना विचार कृत्रिम बुद्धिमत्ताले दिएको सिफारिससँग नमिलेमा आफ्नै निर्णयमाथि पुनः शंका गर्न थाल्ने बताएका छन् ।

 

त्यस्तै ४६ प्रतिशतले अब व्यवसायिक सहकर्मीभन्दा कृत्रिम बुद्धिमत्ताले दिएको सुझावमा बढी विश्वास गर्ने बताएका छन् । यसअघि सार्वजनिक अर्को अध्ययनमा ६४ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले कर्मचारी हटाउनेजस्ता संवेदनशील निर्णयमा पनि कृत्रिम बुद्धिमत्ताबाट सल्लाह लिने गरेको उल्लेख गरिएको थियो ।

 

यसैबीच कार्नेगी मेल्लोन युनिभर्सिटी र माइक्रोसफ्टले संयुक्त रुपमा गरेको अर्को अनुसन्धानले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भर हुँदा मानिसको गहिरो रूपमा सोच्ने क्षमता कमजोर हुन सक्ने देखाएको छ । विज्ञहरूका अनुसार जब कुनै काम यन्त्रले राम्रोसँग गर्न सक्छ भन्ने विश्वास बढ्छ, तब मानिसको मस्तिष्कले आफैँ प्रयास गर्ने बानी घटाउँदै लैजान्छ ।

 

डेनमार्कका मनोचिकित्सक सोरेन ओस्टरगार्डले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भरता बढेमा मानिसमा मानसिक सुस्ती बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार मानिसले आफ्नै सोच प्रयोग नगर्दा तर्क गर्ने क्षमता क्रमशः कमजोर हुँदै जान्छ । उनले यस अवस्थालाई ‘कृत्रिम बुद्धिमत्ता मनोविकार’ जस्तो स्थिति हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।

 

अर्को अध्ययनले युवाहरूमा कृत्रिम बुद्धिमत्ता प्रयोग बढ्दै जाँदा आलोचनात्मक सोच कमजोर हुन सक्ने देखाएको छ । अनुसन्धानमा कृत्रिम बुद्धिमत्तामा निर्भर व्यक्तिको मस्तिष्क सक्रियता सामान्य रूपमा इन्टरनेटमार्फत जानकारी खोज्ने व्यक्तिको तुलनामा निकै कम पाइएको उल्लेख गरिएको छ ।

 

अनुसन्धानकर्ताहरूका अनुसार विकासको चरणमा रहेका बालबालिकाका लागि अत्यधिक कृत्रिम बुद्धिमत्ता प्रयोग झन् जोखिमपूर्ण हुन सक्छ । यसले उनीहरूको सिकाइ क्षमता र दीर्घकालीन मानसिक विकासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार