- प्रविधि कम्पनी गुगलले आफ्नो सबैभन्दा छिटो र उन्नत कृत्रिम बुद्धिमत्ता आधारित तस्बिर निर्माण प्रणाली ‘नानो बनाना- २’ सार्वजनिक गरेको छ ।
काठमाण्डौ, १६ फाल्गुण । प्रविधि कम्पनी गुगलले आफ्नो सबैभन्दा छिटो र उन्नत कृत्रिम बुद्धिमत्ता आधारित तस्बिर निर्माण प्रणाली ‘नानो बनाना- २’ सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसलाई गुगलको अहिलेसम्मकै उत्कृष्ट तस्बिर निर्माण प्रणाली भएको बताएका छन् ।
नयाँ प्रणालीले प्रयोगकर्ताले लेखेका शब्दकै आधारमा उच्च गुणस्तरका चार हजार गुणस्तर (४के) तस्बिर तुरुन्त तयार गर्न सक्ने क्षमता राख्छ । गुगल खोज प्रणालीसँग जोडिएकाले यसले वास्तविक समयको जानकारी प्रयोग गरी अझ यथार्थ देखिने तस्बिर बनाउन सक्ने जनाइएको छ ।
यस प्रविधिको विशेषता भनेको पुराना तस्बिरलाई नयाँ स्वरूप दिन सक्नु हो । प्रयोगकर्ताले आफ्नो अनुहार जस्ताको तस्तै राखेर कपडा, कपालको शैली वा पृष्ठभूमि मात्र सजिलै परिवर्तन गर्न सक्छन् । यसले तस्बिर सम्पादन गर्दा अनुहारको समानता जोगाइ राख्ने सुविधा प्रदान गर्छ ।
शैक्षिक क्षेत्रमा पनि यो प्रणाली उपयोगी हुने बताइएको छ । विद्यार्थीहरूले विद्यालयका परियोजना वा अध्ययन सामग्रीका लागि आवश्यक चित्र, चार्ट तथा जानकारीमूलक तस्बिर आफ्नै भाषामा तयार गर्न सक्नेछन् । जटिल विषयका चित्रसमेत स्पष्ट विवरणसहित बनाइदिन सक्ने क्षमता यसमा रहेको जनाइएको छ ।
सानो व्यवसाय सञ्चालन गर्नेहरूका लागि समेत यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ । उत्पादनका तस्बिरलाई आकर्षक पृष्ठभूमिमा राख्ने, छुट वा सूचना थप्ने जस्ता डिजाइनसम्बन्धी काम अब छिटो र सजिलो रूपमा गर्न सकिनेछ । सामाजिक सञ्जालका लागि फरक शैलीका चित्र, स्टिकर तथा प्रोफाइल तस्बिर पनि केही सेकेन्डमै बनाउन सकिने कम्पनीले जनाएको छ ।
गुगलले यस प्रणालीलाई आफ्नो विभिन्न सेवासँग क्रमशः जोड्ने तयारी गरेको छ, जसबाट तस्बिर निर्माण र सम्पादन कार्य सर्वसाधारण प्रयोगकर्ताका लागि अझ सहज हुने विश्वास गरिएको छ ।
गुगलले सन् २०२५ अगस्टमा पहिलो पटक ‘नानो बनाना’ नामक तस्बिर निर्माण प्रणाली सार्वजनिक गरेको थियो । त्यसपछि उन्नत संस्करण ल्याइएपछि अहिले ‘नानो बनाना २’ मार्फत गति र क्षमतालाई थप सुधार गरिएको कम्पनीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।