एप्पलको आइफोन १७-ई सार्वजनिक हुँदै, कस्ता छन् विशेषता ?
२०८२ फाल्गुण ०८ शुक्रवार
- गत वर्ष आफ्ना धेरै उत्पादन प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको एप्पलले यसपटक रणनीति परिवर्तन गर्दै प्रत्यक्ष अनुभव केन्द्रित कार्यक्रम गर्न लागेको हो ।
काठमाण्डौ, ०८ फाल्गुण । अमेरिकी प्रविधि कम्पनी एप्पल ले मार्च ४ मा विशेष 'एप्पल एक्सपिरियन्स' कार्यक्रम आयोजना गर्ने आधिकारिक पुष्टि गरेको छ । गत वर्ष आफ्ना धेरै उत्पादन प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको एप्पलले यसपटक रणनीति परिवर्तन गर्दै प्रत्यक्ष अनुभव केन्द्रित कार्यक्रम गर्न लागेको हो ।
यस कार्यक्रमलाई परम्परागत सार्वजनिक समारोहभन्दा फरक रूपमा 'एक्सपिरियन्स' नाम दिइएको छ । यसले सञ्चारकर्मी र प्रविधि विज्ञहरूलाई नयाँ उपकरण प्रत्यक्ष हातमा लिएर परीक्षण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सबैभन्दा बढी चर्चा आइफोन १७ ई को सार्वजनिकरणबारे भइरहेको छ । मध्यम मूल्य वर्ग लक्षित यो फोन कम बजेटमा एप्पलको नवीनतम अनुभव चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर ल्याइन लागिएको चर्चा रहेको छ । यो आकर्षक डिजाइनसँगै शक्तिशाली कार्यसम्पादन हुने दाबी गरिएको छ ।
एप्पलले आफ्नो म्याकबुक एयरमा नवीनतम एम ५ चिप समावेश गर्ने तयारी गरेको समेत चर्चा छ । साथै करिब ७०० अमेरिकी डलर आसपास मूल्य पर्ने किफायती म्याकबुक पनि सार्वजनिक हुन सक्ने अड्कल गरिएको छ । उक्त उपकरणमा पहिलो पटक आइफोनमै प्रयोग हुने प्रोसेसर समावेश गरी लागत घटाउने रणनीति अपनाइने बताइएको छ ।
कार्यक्रमको निमन्त्रणामा पहेँलो, निलो र हरियो जस्ता चम्किला रङ प्रयोग गरिएकाले नयाँ आइप्याड र आइप्याड एयर ती रङमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । यी उपकरणले एप्पलको कृत्रिम बौद्धिकता प्रणाली 'एप्पल इन्टेलिजेन्स' पूर्ण रूपमा सपोर्ट गर्ने जनाइएको छ ।
आइफोन १७-ई का प्रमुख विशेषता:
एप्पलको नयाँ स्मार्टफोन १७ ई फोनमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी पर्दा, सेरामिक शिल्ड सुरक्षासहितको अगाडि-पछाडि सिसा र एल्युमिनियम फ्रेम रहने जनाइएको छ । धुलो तथा पानी प्रतिरोधी क्षमता (६ मिटर गहिराइमा ३० मिनेटसम्म) उपलब्ध हुनेछ । यो उपकरणमा एप्पल ए १९ (३ नानोमिटर) चिपसेट, छ-कोर प्रोसेसर र चार-कोर ग्राफिक्स रहने बताइएको छ ।
१२८, २५६ र ५१२ जिबी स्टोरेजसहित ८ जिबी मेमोरी थप गर्न सकिने विकल्प उपलब्ध हुनेछन् । क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य क्यामेरा र १८ मेगापिक्सेल अगाडिको क्यामेरा रहनेछ, जसले ४ के भिडियो रेकर्ड गर्न सक्नेछ । ४००५ एमएएच ब्याट्री, तारयुक्त तथा २५ वाट वायरलेस चार्जिङ सुविधा पनि दिइनेछ । कालो, सिल्भर र बैजनी रङमा उपलब्ध हुने अनुमान गरिएको यस फोनको मूल्य न्युनतम एक लाख २० हजार नेपाली हुने चर्चा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।