भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुँदै
२०८२ फाल्गुण ०४ सोमवार
- विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ ।
एजेन्सी, ०४ फाल्गुण । विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
फेब्रुअरी २० सम्म सञ्चालन हुने समिटसँगै ‘इन्डिया एआई इम्प्याक्ट एक्स्पो २०२६’ पनि आयोजना गरिएको छ । ७० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा ३० भन्दा बढी देशका ३०० भन्दा धेरै कम्पनीहरूले आफ्नो नवीनतम एआई प्रविधि र समाधानहरू प्रस्तुत गर्नेछन् ।
समिटमा एआईले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ल्याउन सक्ने परिवर्तनबारे विशेष छलफल हुनेछ । युवाका लागि ‘यूवएआई’ र ‘एआइ फर अल’ जस्ता कार्यक्रममार्फत सीप विकासमा जोड दिइएको छ ।
विज्ञहरूले एआईले रोजगारी समाप्त गर्नेभन्दा काम गर्ने शैली परिवर्तन गर्ने र उत्पादकत्व बढाउने धारणा राखेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत विश्वभरबाट सहभागी हुन आएका नेताहरू, उद्यमी, अनुसन्धानकर्ता र प्रविधि विज्ञहरूलाई स्वागत गरेका छन्। समिटको मूल मन्त्र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ राखिएको छ, जसले मानव हितका लागि एआई प्रयोग गर्ने साझा प्रतिबद्धता झल्काउँछ ।
समिटमा १०० भन्दा बढी देशका प्रतिनिधि, १५-२० राष्ट्राध्यक्ष तथा ५० भन्दा बढी मन्त्री सहभागी हुने अपेक्षा गरिएको छ । साथै, विश्वका प्रमुख प्रविधि कम्पनीका ४० भन्दा बढी सीईओहरू जस्तै गुगलका सुन्दर पिचाई, ओपनएआईका स्याम अल्टम्यान लगायतको सहभागिता रहने जनाइएको छ ।
पाँच दिनसम्म चल्ने कार्यक्रम अन्तर्गत उच्चस्तरीय छलफल, प्रदर्शनी, अनुसन्धान प्रस्तुति र रणनीतिक साझेदारीसम्बन्धी निर्णयहरू हुने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।