- सरकारको ई-सुरक्षा आयुक्तद्वारा जारी गरिएको तथ्याङ्कले डिसेम्बर १० मा प्रतिबन्ध लागू भएपछि, १६ वर्ष मुनिका बालबालिकाका खाताहरू निष्क्रिय पारिएको थियो ।
काठमाडौँ : अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएपछि, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाको रूपमा पहिचान गरिएका ४७ लाख खाताहरूमा पहुँच रोकेको छ ।
सरकारको ई-सुरक्षा आयुक्तद्वारा जारी गरिएको तथ्याङ्कले डिसेम्बर १० मा प्रतिबन्ध लागू भएपछि, १६ वर्ष मुनिका बालबालिकाका खाताहरू निष्क्रिय पारिएको थियो । सञ्चारमन्त्री अनिका वेल्सले अष्ट्रेलियाली अभिभावकहरू अब निश्चिन्त हुन सक्ने बताउदै उनीहरूका बच्चाहरूले आफ्नो बाल्यकाल फिर्ता पाउन सक्ने बताइन । उनले १० सामाजिक सञ्जाल प्लेटफर्महरूले सरकारलाई तथ्याङ्क दिको बताएकी छन् ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले कम्पनीहरूले प्रतिबन्ध पालना गरिरहेका छन् भन्ने कुरा उत्साहजनक रहेको बताएका छन् । तर परिवर्तन रातारात हुँदैन भन्दै उनले प्रारम्भिक संकेतहरूले सरकारले चालेका कदमहरू महत्त्वपूर्ण रहेको बताएका छन् । यसैबीच अस्ट्रेलियामा मेटाले हालै डिसेम्बर ११ सम्म फेसबुक, इन्स्टाग्राम र थ्रेडहरूमा ५.४४ लाख भन्दा बढी खाताहरू निष्क्रिय पारेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।