ट्विटर फेरी फर्किन सक्ने, ट्रेडमार्क कार्यालयमा नयाँ स्टार्टअपले दियो निवेदन
२०८२ मङ्सिर २५ विहीवार
- कम्पनीले एक्स कर्पोरेशनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्टअपले 'twitter.new' भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि 'ट्विटर र ट्वीट' भाने शब्द प्रयोग गर्न अनुमति समेत पागेको छ ।
काठमाडौँ : ट्विटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ । रोयटर्सको रिपोर्टका अनुसार, एक स्टार्टअप कम्पनि अपरेशन ब्लूबर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्विटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ ।
कम्पनीले एक्स कर्पोरेशनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्टअपले 'twitter.new' भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि 'ट्विटर र ट्वीट' भाने शब्द प्रयोग गर्न अनुमति समेत पागेको छ ।
डिसेम्बर २ मा अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा गरिएको आफ्नो निवेदनमा, अपरेशन ब्लूबर्डले एक्स कर्पोरेशनले ट्विटर ब्रान्डलाई पूर्ण रूपमा त्यागेको बताएको छ । कम्पनीका जनरल काउन्सिल, स्टीफन कोट्स, जो पहिले ट्विटरमा ट्रेडमार्क वकिल थिए, ले स्पष्ट रूपमा एक्सले कानुनी रूपमा ट्विटर ट्रेडमार्क त्यागेको दाबि गर्दै निवेदन दिएका छन् ।
यो स्टार्टअपले एक्स कर्पोरेशनले यी नामहरू व्यावसायिक रूपमा प्रयोग नगरेको हुनाले, आफुलाई यी ट्रेडमार्कहरू प्रयोग गर्न अनुमति दिनुपर्ने दाबि पेश गरेको छ ।
२०२२ मा, मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरे र त्यसपछि यसलाई एक्सको रूपमा पुन: ब्राण्डिङ गरेका थिए । २०२३ मा, मस्कले एक्समा पोस्ट गर्दै कम्पनीले बिस्तारै ट्विटर ब्रान्ड र यसका चराहरूलाई रिटायर गर्ने बताएका थिए ।
यसैकारण ट्विटरको प्रसिद्ध नीलो चरा अब एक्समा देखिँदैन र ट्विटर डट कम अब अब एक्स डट कम भएको छ । एक्स क्रपले २०२३ मा ट्विटरको ट्रेडमार्क नवीकरण गरेको थियो, जुन गत वर्ष मात्र अनुमोदन गरिएको थियो ।
रोयटर्सको रिपोर्ट अनुसार, बौद्धिक सम्पत्ति विज्ञ जोश गोर्डनले यदि एक्स क्रपले ट्विटरको ट्रेडमार्क प्रयोग गरिरहेको छैन भने, उनीहरूलाई स्वामित्व अधिकार कायम राख्न गाह्रो हुनेछ । यद्यपि, एक्सले ट्विटर नाम गुमाए पनि, यसले अझै पनि अपरेशन ब्लूस्टारलाई व्यावसायिक रूपमा प्रयोग गर्नबाट रोक्न सक्छ । विज्ञहरूले यसलाई एक रोचक मामला भनेका छन् र एक्सले प्रयोग गर्ने इरादा नभएको ब्रान्डमा पैसा खर्च गर्छ या गर्दैन भनेर हेर्न चाहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।