अल्फाबेटको 'माइलस्टोन त्रैमासिक', पहिलो पटक तीन महिनामा १०० अर्ब डलरको आम्दानी
२०८२ कार्त्तिक १४ शुक्रवार
- गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको आम्दानी हासिल गरेको छ ।
काठमाडौँ, १४ कार्त्तिक । गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको आम्दानी हासिल गरेको छ ।
सीईओ सुन्दर पिचाईले यसलाई 'माइलस्टोन त्रैमासिक' को रूपमा वर्णन गरेका छन्, अल्फाबेटले अनुसन्धान, युट्युब र क्लाउड जस्ता कम्पनीमा दोहोरो अंकको वृद्धि हासिल गरको छ । पाँच वर्षअघि कम्पनीको त्रैमासिक आम्दानी ५० अर्ब डलर मात्र थियो ।
गूगलको एआईतर्फ ४० भाषाहरूमा एआई मोडहरू उपलब्ध छन् जसमा दैनिक ७५ मिलियन दैनिक प्रयोगकर्ताहरू रहेका छन् । यसमा ग्राहक वृद्धि ३४ प्रतिशत रहेको छ ।
एआईबाट गुगलले १३ उत्पादन लाइनहरूबाट एक अर्बभन्दा बढीको वार्षिक आम्दानी हासिल गरेको छ । त्यस्तै युट्युबको आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ भने सर्ट्स सुविधाले परम्परागत भिडियो भन्दा बढी राजस्व उत्पन्न गरिरहेको छ ।
त्यस्तै जेमिनीमा १ करोड ३० लाख भन्दा बढी डेभलपरले गुगलको जेनेरेटिभ एआई मोडेलहरूसँग काम गरिरहेका छन् ।
गुगलको विकास कथा प्रविधि र नवीनताको उदाहरण हो, जुन १९९८ मा सुरु भएको थियो जब ल्यारी पेज र सर्गेई ब्रिनले स्ट्यानफोर्ड विश्वविद्यालयमा खोज इन्जिन परियोजनाको रूपमा गुगल सुरु गरेका थिए । आज, यो विश्वको चौथो ठूलो कम्पनी बनेको छ र गुगल समुह एल्फावेटको बजार मुल्य हाल ३.२४ ट्रिलियन डलर रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।