रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि
२०८२ कार्त्तिक १२ बुधवार
- रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
मुगु :दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटकले भ्रमण गर्दा २८ लाख ५३ हजार ९ सय राजस्व संकलन भएको थियो ।
निकुञ्जका वरिष्ठ गेम स्काउट हेमराज रोकायाका अनुसार पछिल्लो समय दैनिक ५० देखि २०० सम्म पर्यटक आउने क्रम बढेको छ । सडक पहुँच सुधार, रारासहित आसपासका क्षेत्रमा व्यवस्थित होटल तथा होमस्टे सञ्चालनले पर्यटक आकर्षण बढाएको उनले बताए ।
काठमाडौं बुढानिलकण्ठ–१० का पर्यटक राजु राई रारा पुगेपछि बाटोको थकानै बिर्सिएको बताउँछन् । “तीन दिनको गाडी यात्रा निकै गाह्रो लाग्यो । तर रारा देखेपछि सबै पीडा बिर्सिएँ । एक दिन बस्ने योजना भए पनि दृश्यले मोहित बनायो, थप एक दिन बस्ने मन लाग्यो,” उनले अनुभव सुनाए ।
त्यस्तै, काठमाडौंबाट रारा घुम्न आएकी उषा अधिकारीले राराको प्राकृतिक सुन्दरताले आफू मोहित भएको बताउँदै राष्ट्रिय तथा स्थानीय निकायले भौतिक पूर्वाधारमा अझ ध्यान दिनुपर्ने माग राखिन् । “मर्मत गरिएको बाटो, पर्यटकमैत्री संरचना थपिए रारामा बसाइ दिन बढ्छ,” अधिकारीले भनिन् ।
भाद्र, असोज र कार्तिक महिनालाई रारा भ्रमणको उपयुक्त मौसम मानिन्छ । दशैं–तिहारताका मुग्लिन–नारायणघाट सडक बन्द भएपछि केही समय संख्या घटेको भए पनि अहिले दैनिक ५०–६० पर्यटक प्रत्येक होटलमा आउने गरेको होटल व्यवसायी बताउँछन् । एकै दिनमा ४ सयभन्दा बढी पर्यटक रारा पुगेको रेकर्ड पनि छ ।
भ्रमणमा आएका पर्यटकले मुर्मा टप, चुचेमारा, चमेरा गुफा, महादेव मन्दिर, नीलिचौर, सल्यरी, छाप्रु महादेवलगायत आसपासका स्थान पनि अवलोकन गर्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्जले आगामी दिनमा पर्यटक आकर्षित गर्ने कार्यक्रम थप रूपमा सञ्चालन गरिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’