६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

२०८२ असार १८ बुधवार
सारांश
  • नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

काठमाडौं : सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।


नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटक मध्ये भारतीय पर्यटक नै बढी हुने गर्दछन् ।


६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार ५१४ चीनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायति पर्यटकले नेपालको भ्रमण गरेका छन् । त्यसैगरी, अस्ट्रेलीयाबाट २२ हजार ९५, थाइलान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरीयाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।


जुन महिनामा मात्रै ७६ हजार ४ सय पर्यटक नेपाल भित्रिए


बोर्डका अनुसार यस वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये पनि सबैभन्दा धेरै भारतबाट नै आएका छन् ।


बोर्डका अनुसार यस बिचमा भारतबाट मात्रै ३२ हजार  ६६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बङ्गलादेशबाट ५ हजार ४४९ र बेलायतबाट २ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार