नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवद्र्धनमा योगदानको अपेक्षा
२०८२ असार १७ मंगलवार
- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् ।
काठमाडौं : तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वन मन्त्री शाहीले वन, आरक्षण, संरक्षितक्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसंग जोड्नु पर्ने बताए । उनले नेपाल विश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको भन्दै नीजि क्षेत्रले गर्ने लागनीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको बताए ।
सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए ।
नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा बिवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अबसरका लागि भौतारिरहेको उनको भनाई थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको पर्यटन बिकासका लागि महत्वपूर्ण संरचना थपिएको जानकारी दिए । कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी नेपाल स्तरिय पर्यटकहरुलाई उत्कृष्ठ सेवा दिन सक्षम रहेको बताए ।
कार्यक्रममा संञ्चालक निरोज पन्त , व्यवस्थापन समिति सदस्य तथा अन्य सम्मानित अतिथिहरूले मन्तव्य राख्दै रिसोर्टले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पु¥याउने लक्ष्य रहेको स्पष्ट पारे।
सहभागिहरूले रिसोर्टको पूर्वाधार, सेवा सुविधा तथा प्राकृतिक वातावरणको खुलेर प्रशंसा गरेका थिए।
नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार, यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।