- समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । यहाँका सबै घरहरुमा हरियो रंगको जस्तापाताले छाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
सोलु : सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ । बसन्तकालिन सिजनमा सगरमाथा आरोहण र आधार शिविरसम्म पुग्ने पर्यटकहरु खुम्जुङमा रमाइलो गर्ने गर्छन् ।
समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । यहाँका सबै घरहरुमा हरियो रंगको जस्तापाताले छाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । रहस्यमय जीव यतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पर्यटकहरु झुम्मिने गरेका छन् ।
शेर्पाहरुको पुरानो गाउँको रुपमा चिनिने हिमालको फेदीमा रहेको यो गाउँबाट आमाडबलम हिमालको सुन्दर दृश्य देख्न सकिन्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’