चीनको गुइलिनमा नेपाल–चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गरिने
२०८१ चैत्र २४ आईतवार
- नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।
काठमाडौं : चीनको गुइलिनमा आगामी वैशाख २८ गते तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्यूजन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम हुने भएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो ।
नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।
कम्पनीका अध्यक्ष सत्यकला लामा तामाङले विभिन्न देशमा नेपालको संस्कृतिलाई चिनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको बताइन् ।
‘एएमएसबाट विभिन्न देशमा नेपालको संस्कृतिलाई चिनाउनु पर्छ भन्ने उद्देश्यले विदेशी संस्कृति नभित्र्याई हाम्रो सांस्कृतिलाई विदेशीले चिनोस् । नेपालको संस्कृति हेर्न भएपनि एकचोटि जानुपर्छ है भन्ने हिसावले पर्यटन बढाउनुको साथै नेपालको संस्कृतिलाइ चिनाउन यो कार्यक्रम गर्दै आएका छौ,’ उनले भनिन् ।
उनले चीनको गुइलिनमा दुवै देशको सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन् ।
कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले आफूहरुले यसअघि पनि स्वदेश तथा विदेशमा जापान, यूएई जस्ता देशहरुमा यसप्रकारका कार्यक्रम गरिसकेको जानकारी दिँदै यसले नेपाल र चीनबीचको सम्बन्ध अझ आत्मीय र बलियो हुने बताए ।
कार्यक्रममा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई अवार्ड समेत प्रदान गरिने जानकारी दिए ।
उनले भने, ‘कार्यक्रममा नेपाल र चीन दुवै देशका कलाकारहरु, पर्यटन व्यवसायी, व्यवसायी र सरकारका प्रतिनिधिहरु सहभागी हुनेछन्, त्यसले दुवै देशबीचको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुर्याउनेछ ।’
कोरियोग्राफर कमल राईले चीनको गुइलिनमा राई, लिम्बु, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका भेषभुषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी नृत्य प्ररस्तुत गरिने बताए ।
एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्टले यसअघि नेपालमा एभरेष्ट टुरिजम अवार्ड–२०२५, विसं २०७९ सालमा टुरिजम अवार्ड कार्यक्रम आयोजना गरिसकेको छ । साथै जापान र यूएईमा पनि सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।