- मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए ।
रामेछाप: सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् ।
तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् ।
मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए ।
बिहीबार बिहान केही उडान भएका भए पनि शुक्रबार बिहानदेखि उडान हुन सकेको छैन । पर्यटकहरू मन्थली विमानस्थल वरपर विमान उड्ने प्रतीक्षामा बसिरहेका छन् ।
खुम्बु क्षेत्रमा मौसम खराब भएपछि जहाज उड्न नसकेको कारण हेलिकप्टर मार्फत केही पर्यटकहरू फाप्लु र लुक्ला गएका छन् । बिहीबार बिहान एक्कैछिन मौसम खुलेको बेला प्लेन उड्ने भए पनि दिनभरि मौसम खराब हुँदा उडान रोकिएका थिए ।
केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् ।
मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरका जहाजहरूले पर्यटकहरूलाई सोलु लैजाने र ल्याउने गरेका छन् । काठमाडौंबाट गाडीमा मन्थली आउने पर्यटकहरू यहाँबाट जहाज चढेर सोलु जाने गर्दछन् ।
नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थलबाट लुक्लाको लागि यात्रीहरू ल्याउने र लैजाने गरेको छ । दिनभरि मौसम खुल्दा एक दिनमा मन्थली– लुक्लाका ६० वटासम्म उडान हुने गर्दछन् । मौसम नखुल्दा पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नचल्दा सयौँ पर्यटक मन्थलीमा नै रोकिएर बसेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।