संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन्: मन्त्री पाण्डे

२०८१ माघ २१ गते सोमबार
सारांश
  • सोमबार प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताएका हुन् ।

काठमाडौं: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उद्घोष गरेका छन् । 


सोमबार प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताएका हुन् । 


उनले भने,‘हामी जीवित सम्पदाहरूले धनी छौं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।’
मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औल्यानु भयो। उहाँले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिए । उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए । 

 

मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार