अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

२०८१ माघ ८ गते मंगलवार
सारांश
  • चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो ।

मुगु: चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो ।


दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ ।


हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको    हिमपातपछि मौसममा सुधार आएपछि पर्यटकहरु झुम्किएका हुन् । खुल्ला आकास, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिट भन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमान्चक बनाएको छ ।  तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडियो, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन् ।


‘फिल्म, यूटुवमा सेताम्मे डाँडाकाँडा, हिउँ भएको रारामा भिडियो वा फोटाहरुमा हेरेको थिएँ । जीवनमा पहिलोपटक रारा ताल देख्न पाइयो । साथीहरुसँग रमाउन पाउँदा स्वर्गीय आनन्द भइरहेको छ,’ पर्यटक विक्रम यादवले भने । उनले एक हप्तासम्म रारा घुम्नको लागि प्याकेज, सोही अनुसारको संरचनाको विकास गर्न सके स्थानीयले राम्रो आम्दानी लिनसक्ने उनको बुझाइछ ।


चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो । तर आएका पाउनाहरु रारामा नबसी फर्कने गरेकाले होटल ब्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुल बहादुर रोकायाले बताए । 


छायाँनाथ रारा नगरपालिका–८ मा रहेको रारा १ सय ८ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ । तालको अधिकतम लम्बाई किलोमिटर र चौडाई ३.२ किलोमिटर गहिरो १ सय ६७ मिटर रहेको छ ।


रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटर रहेको क्षेत्रफलले राराको सौन्दर्यतालाई जोगाइ राखेको छ । हिउँमा रमाउनको लागि सदरमुकाम गमगढी बजार ,मुर्मा ,तुम, झ्यारी, टोप्ला, पिना, सोरु ,खत्याडमा रहेका दर्जनै स्थानबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । छिमेकी जिल्ला जुम्ला दाङ्ख, दैलेख, सुनसरीबाट दैनिक ५०–६० जना आन्तरिक पर्यटकहरु रारा पुगिरहेका छन् ।


हिँउ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन् । ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने एकसय ३० जना जना पर्यटक रारा पुगेका छन् ।  उक्त अवधीमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए ।


तालको चारैतिर रहेका छाँयानाथ, चंखेली ,मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको जस्तो देखिैदा यहाँको सौन्दर्यता बढेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार