एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले जापानको सामना गर्ने
३० आषाढ़, २०८३, मगलवार
- नेपाल समूह ‘डी’ मा तिनै खेल जितेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो भने जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो ।
काठमाडौं: नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानको सामना गर्ने भएको छ ।
नेपाल समूह ‘डी’ मा तिनै खेल जितेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो भने जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो ।
नेपाल र जापानबीचको खेल बुधबार मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११: ४५ मा सुरु हुनेछ ।
यसैगरी,अन्य क्वार्टरफाइनलका खेलमा थाइल्यान्ड र कतार, यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटान आमने सामने हुने छन् । क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।