- जारी विश्वकप फुटबल २०२६ मा अनुभवी खेलाडीहरूले उमेरलाई चुनौती दिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
काठमाण्डौ, १० अषाढ़ । जारी विश्वकप फुटबल २०२६ मा अनुभवी खेलाडीहरूले उमेरलाई चुनौती दिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । यस संस्करणमा पाका खेलाडीहरूको गोलले विश्वकप इतिहासमै नयाँ चर्चा र रेकर्डहरू बनेका छन् ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी र अस्ट्रियाका मार्को अर्नाउटोभिचले हालैका खेलमा गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीहरूको सूचीमा महत्वपूर्ण परिवर्तन ल्याएका छन् ।
उज्वेकिस्तानविरुद्धको खेलमा गोल गर्दै ४१ वर्ष १३८ दिनका रोनाल्डो विश्वकप इतिहासमा दोस्रो सबैभन्दा पाका गोलकर्ता बनेका छन् । त्यस्तै, अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै ३८ वर्ष ३६३ दिनका मेस्सी चौथो स्थानमा उक्लिएका छन् ।
यद्यपि सन् १९९४ को विश्वकपमा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका क्यामरुनका रोजर मिला अझै पनि शीर्ष स्थानमा कायमै छन् । मार्को अर्नाउटोभिचले पनि हालको प्रतियोगितामा गोल गर्दै सूचीमा स्थान सुरक्षित गरेका छन् ।
विश्वकप इतिहासका १० सबैभन्दा बढी उमेरका गोलकर्ता
१. रोजर मिला (क्यामरुन) – ४२ वर्ष ३९ दिन, विरुद्ध रुस (२८ जुन १९९४)
२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ४१ वर्ष १३८ दिन, विरुद्ध उज्वेकिस्तान (२३ जुन २०२६)
३. पेपे (पोर्चुगल) – ३९ वर्ष २८३ दिन, विरुद्ध स्विट्जरल्याण्ड (६ डिसेम्बर २०२२)
४. लियोनेल मेसी (अर्जेन्टिना) – ३८ वर्ष ३६३ दिन, विरुद्ध अस्ट्रिया (२२ जुन २०२६)
५. गुन्नार ग्रेन (स्वीडेन) – ३७ वर्ष २३६ दिन, विरुद्ध पश्चिम जर्मनी (२४ जुन १९५८)
६. कुआउतेमोक ब्लान्को (मेक्सिको) – ३७ वर्ष १५१ दिन, विरुद्ध फ्रान्स (१७ जुन २०१०)
७. फेलिपे बालोय (पानामा) – ३७ वर्ष १२० दिन, विरुद्ध इङ्गल्याण्ड (२४ जुन २०१८)
८. मार्को अर्नाउटोभिच (अस्ट्रिया) – ३७ वर्ष ५९ दिन, विरुद्ध जोर्डन (१७ जुन २०२६)
९. अब्दुलियो भारेला (उरुग्वे) – ३६ वर्ष २७९ दिन, विरुद्ध इङ्गल्याण्ड (२६ जुन १९५४)
१०. मार्टिन पालेर्मो (अर्जेन्टिना) – ३६ वर्ष २२७ दिन, विरुद्ध ग्रीस (२२ जुन २०१०)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
-
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
-
प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
-
नेकपाले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि बनायो वार्ता समिति
-
आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् जेनजी शहिदकी आमा
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।