- पहिलो खेलमा क्रोएसियामाथि प्रभावशाली जित निकालेको इङ्ग्ल्यान्डले यसपटक भने घानाविरुद्ध त्यही लय दोहोर्याउन सकेन ।
काठमाण्डौ, १० अषाढ़ । जारी फिफा विश्वकप अन्तर्गत समूह एलको दोस्रो खेलमा इङ्ग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा क्रोएसियामाथि प्रभावशाली जित निकालेको इङ्ग्ल्यान्डले यसपटक भने घानाविरुद्ध त्यही लय दोहोर्याउन सकेन ।
प्रशिक्षक थोमस टुचेलको टोलीलाई यस खेलमा जित हात पार्न सके अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने अवसर थियो । तर घानाको सुदृढ र व्यवस्थित रक्षापङ्क्तिले इङ्ग्ल्यान्डलाई निराश बनायो ।
खेलको ५७औं मिनेटसम्म इङ्ग्ल्यान्डले लक्ष्यमा पहिलो प्रहार नै गर्न सकेन । रक्षापङ्क्तिमा पनि टोली दबाबमा देखियो र घानाले गरेको तीव्र प्रतिआक्रमणका क्रममा केही जोखिमपूर्ण अवस्थाबाट बच्न सफल भयो ।
गोलको खोजीमा टुचेलले एचिलिसको समस्याका कारण सीमित समय खेलाइँदै आएका बुकायो साकालाई मैदानमा उतारे । उनले जुड बेलिङ्घमलाई बाहिर निकाल्दै मोर्गन रोजर्सलाई मैदानमा पठाएका थिए । साकाले गरेको प्रहारलाई घानाका गोलरक्षक बेन्जामिन असारेले उत्कृष्ट बचाउ गरेका थिए । वैकल्पिक खेलाडी निको ओ'राइलीको हेडर क्रसबारमा लागेर फर्कियो भने मार्क गेहीको अर्को हेडरलाई रक्षापङ्क्तिले गोल रेखाबाटै फर्काएको थियो । दबाब बनाए पनि खेलको अन्त्यतिर इङ्ग्ल्यान्ड भाग्यमानी सावित भयो । एजरि कोन्साले पेनाल्टी क्षेत्रमा प्रिन्स क्वाबेना अडुलाई बलमा कुनै स्पर्श नगरी लडाएका थिए । तर रेफ्रीले पेनाल्टी दिएनन् ।
यो नतिजापछि इङ्ग्ल्यान्ड समूह एलको शीर्ष स्थानमा कायम रहेको छ । तर विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्न अब उसले अन्तिम खेलमा पानामाविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने भएको छ । त्यस्तै घानाको पनि २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । अब घानाले अन्तिम खेलमा क्रोसियाको सामना गर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पोखरा र जापानको कोमागानेबीच श्रम सहकार्यका लागि समझदारी गर्ने तयारी
-
समान विचारधारा भएका राजनीतिक दलबीच ‘अग्रगामी मोर्चा’ गठनको प्रस्ताव
-
देउवा फर्किने मिति परिवर्तन, साउन २८ गते आउदै
-
'इन्डक्सनमा भ्याट, ग्यासमा लाइन—यो कस्तो विडम्बना? : कुलमान घिसिङ
-
प्रधानमन्त्री बालेनलाई सांसद झाको जवाफ: 'यहाँ कोही एक्लो छैन'
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।