विश्वकपमा क्रोसियाको पुनरागमन, पानामा दोस्रो हारसँगै बाहिरियो

२०८३ अषाढ़ १० बुधवार
सारांश
  • यस जितसँगै क्रोसियाले घानाविरुद्धको खेल जिते नकआउट चरणमा स्थान पक्का गर्नेछ । यसअघि घानाले इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

काठमाण्डौ, १० अषाढ़ । क्रोसियाले पानामालाई १-० ले पराजित गर्दै फिफा फुटबल विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ । बुधबार बिहान सम्पन्न समूह एलको खेलमा पहिलो जित दर्ता गर्दै क्रोसियाले महत्वपूर्ण तीन अंक जोडेको हो ।

 

यस जितसँगै क्रोसियाले घानाविरुद्धको खेल जिते नकआउट चरणमा स्थान पक्का गर्नेछ । यसअघि घानाले इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

 

दोस्रो हाफको नवौं मिनेटमा वैकल्पिक खेलाडी आन्ते बुडिमिरले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनको गोलसँगै लगातार दोस्रो हार बेहोरेको पानामाको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ ।

 

पहिलो हाफमा पानामाको तीव्र आक्रमणले सन् २०१८ को उपविजेता क्रोसियालाई दबाबमा राखेको थियो । टोलीको प्रदर्शनबाट असन्तुष्ट प्रशिक्षक ज्लाट्को डालिचले विश्रामपछि दुई आक्रामक परिवर्तन गरेका थिए । तीमध्ये एक परिवर्तनले तुरुन्तै नतिजा दियो। जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले सहज रूपमा पोस्ट नजिकबाट गोलमा परिणत गरेका थिए ।

 

यो जितसँगै क्रोसियाका कप्तान लुका मोड्रिचले आफ्नो दुई सयौं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएका छन् । ४० वर्षीय मोड्रिच ८१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी पुरुष फुटबलमा दुई सय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने चौथो खेलाडी बनेका छन् ।

 

पानामाले खेल बराबरीमा ल्याउने र प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्ने अवसरहरू सिर्जना गरेको थियो । तर क्रोसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले दोस्रो हाफको हाइड्रेसन ब्रेकअघि लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए ।

 

लगातार दोस्रो हारसँगै पनामाको विश्वकप यात्रा भने समुह चरणबाटै टुंगिएको छ । यद्यपी समुह चरणको अन्तिम खेलमा पनामाले इङल्याण्डको सामना गर्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार