एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको विश्वकपमा विजयी शुरुवात
२०८३ असार ०३ बुधवार
- फ्रान्सले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
काठमाण्डौ, ०३ अषाढ़ । फ्रान्सले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । यस खेलमा दुई गोल गरेका कप्तान किलियन एम्बाप्पे फ्रान्सका सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने एम्बाप्पेले दोस्रो हाफमा पहिलो गोल गर्दै सेनेगलको प्रतिरोध तोडेका थिए । त्यसपछि इन्जुरी समयमा उनले लामो दूरीबाट शानदार प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।योसँगै एम्बाप्पेको फ्रान्सका लागि कुल गोल संख्या ५८ पुगेको छ । उनले पूर्व कीर्तिमानी खेलाडी ओलिभियर जिरुडलाई एक गोलले पछि पार्दै नयाँ इतिहास रचेका हुन् ।
फ्रान्सका लागि ब्राड्ली बारकोलाले अर्को एक गोल गरेका थिए । सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए पनि टोलीलाई पुनरागमन गराउन सकेनन् । एम्बाप्पेको दोस्रो गोलले सेनेगलको आशा पूर्ण रूपमा समाप्त गरिदियो ।एम्बाप्पेको पहिलो गोलअघि भने फ्रान्सको प्रदर्शन अपेक्षाअनुसार प्रभावशाली थिएन । सेनेगलले खेलमा राम्रो अवसर सिर्जना गरेको थियो र पहिलो हाफमा अग्रता लिन नसक्नु दुर्भाग्यपूर्ण मानिएको छ ।
सेनेगलका निकोलस ज्याक्सन गोल गर्न निकै नजिक पुगेका थिए । उनको तल्लो प्रहार पोस्टमा लागेर फर्किएको थियो भने फ्रान्सका गोलरक्षक माइक मैन्याँको खुट्टामा छोएर बल पोस्टको छेउबाट बाहिरिएको थियो । पहिलो हाफको अन्त्यतिर इस्माइला सारले पनि टोलीलाई अग्रता दिलाउने अवसर गुमाए। साडियो मानेको क्रसमा उनले नजिकबाट प्रहार गरे पनि लक्ष्यमा राख्न सकेनन् ।
दोस्रो हाफमा फ्रान्स नयाँ जोशका साथ मैदानमा फर्किएको थियो । यस क्रममा मानेले पेनाल्टी क्षेत्रभित्र एम्बाप्पेलाई लडाएको जस्तो देखिएपछि विवाद उत्पन्न भयो । रेफ्री अलिरेजा फाघानीले सुरुमा फ्रान्सलाई कर्नर दिएका थिए। भिडियो सहायक रेफ्रीको सुझावपछि उनले भिडियो हेरे पनि पेनाल्टी दिएनन् । फाघानीले एम्बाप्पेले नै सम्पर्क सुरु गरेको निष्कर्ष निकाले । यद्यपि त्यसले खेलको नतिजामा कुनै असर पारेन । फ्रान्स र एम्बाप्पेले उत्कृष्ट प्रतिक्रिया दिँदै तीन अंक सुरक्षित गरेका थिए ।
फ्रान्सले अब अर्को खेल जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका छन् । त्यस्तै सेनेगलले भने जुन २३ मा नर्वेसँग र जुन २७ मा इराकसँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्दै
-
गभर्नर डा. पौडेलको हस्ताक्षर भएको पाँच सयको नयाँ नोट आजदेखि प्रचलनमा
-
होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित भएकोप्रति हर्क साम्पाङले गराए सरकारको ध्यानाकर्षण
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।