गुजरातलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा
२०८३ जेठ १३ बुधवार
- रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ ।
काठमाण्डौ, १३ जेठ । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न पहिलो क्वालिफायरमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
बैंगलुरुले दिएको विशाल २५५ रनको लक्ष्य पछाएको गुजरातले १९.३ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको थियो । गुजरातका लागि राहुल तेवातियाले सर्बाधिक ६८ रन बनाए भने जोस बटलरले २९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरूले २० ओभरमा ५ विकेट गुमाउदै २५४ रन बनाएको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले अविजित ९३ रन बनाएका थिए भने विराट कोहली र क्रुनाल पाण्डेयले ४३-४३ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले ३०, वेंकटेस अय्यरले १९ र जितेश शर्माले १५ रन बनाएका थिए । गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले २-२ विकेट लिएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ भने गुजरातले अब दोस्रो क्वालिफायरखेल्न पाउने छ । गुजरातले अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच आज हुने इलिमिनेटरको विजेतासँग खेल्ने छ ।
दोस्रो क्वालिफायर खेल शुक्रबार हुने छ भने यस सिजनको फाइनल खेल आइतबार हुने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।