स्पेनको विश्वकप खेल्ने टिमको घोषणा, रियल म्याड्रिडका कुनै खेलाडी परेनन्
२०८३ जेठ १२ मङ्गलवार
- खेलाडी छनोटबारे प्रशिक्षक दे ला फुएन्तेले टोलीको आवश्यकता र विपक्षीको शैलीलाई ध्यानमा राखेर अन्तिम टोली चयन गरिएको बताए ।
काठमाण्डौ, १२ जेठ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा युवा खेलाडी लामिन यमल समावेश हुँदा रियल म्याड्रिडका कुनै पनि खेलाडीले स्थान पाएका छैनन् ।
सन् २०२२ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि युरोपियन च्याम्पियनसिप २०२४ जित्दै पुनः बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको थियो । यसपटकको विश्वकप जित्ने दाबेदार टोलीमध्ये स्पेनलाई पनि एक मानिएको छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणमा उसले साउदी अरेबिया र उरुग्वेको पनि सामना गर्नेछ ।
प्रशिक्षक दे ला फुएन्तेले लामिन यमल, निको विलियम्स र मिकेल मेरिनोको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित नरहेको बताएका छन् । उनले यी तीनै खेलाडी प्रतियोगिताको पहिलो खेलका लागि तयार हुनेमा आफू विश्वस्त रहेको बताए ।
म्याड्रिडमा आयोजित कार्यक्रममा उनले गोलरक्षकतर्फ एथलेटिक क्लबका उनाइ सिमोन, आर्सनलका डाभिड राय र बार्सिलोनाका जोआन गार्सियालाई टोलीमा समावेश गरेका छन् ।
रक्षापङ्क्तिमा मार्क कुकुरेला, आलेहान्द्रो ग्रिमाल्दो, पाउ कुबार्सी, आयमेरिक लापोर्ते, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस योरेन्ते र पेड्रो पोरोले स्थान पाए ।
त्यस्तै, मिडफिल्डरमा पेड्री, फाबियान रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्री, आलेक्स बाएना र मिकेल मेरिनोलाई समेटिएको छ ।
त्यसैगरी, फरवार्डमा मिकेल ओयारजाबाल, डानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियास, भिक्टर मुनोज र लामिन यमललाई टोलीमा राखिएको छ ।
डिन हुइसेन र डानी कार्भाजालसँगै एट्लेटिको म्याड्रिडका रोबिन ले नोर्मान्ड पनि टोलीमा अटाउन सकेनन् । बार्सिलोनाका फेर्मिन लोपेज खुट्टाको हड्डी भाँचिएपछि टोलीबाट बाहिरिएका हुन् ।
खेलाडी छनोटबारे प्रशिक्षक दे ला फुएन्तेले टोलीको आवश्यकता र विपक्षीको शैलीलाई ध्यानमा राखेर अन्तिम टोली चयन गरिएको बताए । उनले खेलाडी कुन क्लबबाट खेल्छ भन्ने आधारमा नभई टोलीको आवश्यकता अनुसार छनोट गरिएको स्पष्ट पारेका छन् ।
स्पेनले विश्वकपअघि जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने अनुमान
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गोरखा मिडिया नेटवर्कको नाममा काठमाडौँ महानगरको लिलाम गर्ने १५ दिने अन्तिम सूचना
-
बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो
-
बलिवुड फिल्म डन- ३ विवाद: अभिनेता रणवीर सिंहविरुद्ध असहयोग निर्देशन जारी
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।