एम्बाप्पेको स्पेनिस ला लिगामा लगातार दोस्रो बर्ष धेरै गोल, जिते पिचिची ट्रफी
२०८३ जेठ १० आईतवार
- रियल म्याड्रिडका किलीयन एम्बाप्पेले स्पेनिस ला लिगाको लगातार दोस्रो सिजन लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।
काठमाण्डौ, १० जेठ । रियल म्याड्रिडका किलीयन एम्बाप्पेले स्पेनिस ला लिगाको लगातार दोस्रो सिजन लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । योसंगै एम्बाप्पेले प्रतिष्ठित पिचिची ट्रफी जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
फ्रेन्च फरवार्ड एमबाप्पेले यस सिजन ३१ खेलमा २५ गोल गरेका छन् । उनले सर्वाधिक गोलकर्ताको सूचीमा मुरिकीको २३ तथा बुडिमिरको १७ गोललाई पछि पारेका हुन् ।
रियल म्याड्रिडबाट दुई सिजन खेलिसकेका एमबाप्पेले ला लिगामा ६५ खेल खेल्दै ५६ गोल गरिसकेका छन् । लगातार दुई वर्ष पिचिची ट्रफी जित्ने उपलब्धि हासिल गर्ने उनी रियल म्याड्रिडका महान खेलाडीहरूको सूचीमा समावेश भएका छन् ।
यसअघि अल्फ्रेडो डी स्टेफानो, फेरेन्स पुस्कास, अमान्सियो, हुगो साञ्चेज र क्रिस्टियानो रोनाल्डोले मात्रै रियल म्याड्रिडबाट लगातार दुई पटक पिचिची ट्रफी जितेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।