आइपिएलमा मुम्बईको अर्को हार, कोलकोताको प्लेअफको आशा जिवितै

२०८३ जेठ ०७ विहिवार
सारांश
  • कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

काठमाण्डौ, ०७ जेठ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।

 

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । मुम्बईका लागि कोर्बिन बोचले सर्बाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले २६ र तिलक बर्माले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर सौरभ दुवे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले २-२ विकेट लिएका थिए ।

 

कोलकोताको यो जितपछि प्लेअफको आशा जीवित राखेको छ । कोलकोताको १३ खेलमा १३ अंक भएको छ र हाल छैठौं स्थानमा रहेको छ । त्यस्तै, प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको मुम्बईको यो यस सिजनमा नवौं हार हो । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र नवौं स्थानमा रहेको छ ।    
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार