एस्टन भिल्ल्लाले जित्यो युरोपा लिगको उपाधि

२०८३ जेठ ०७ विहिवार
सारांश
  • एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ ।

काठमाण्डौ, ०७ जेठ । एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

एस्टन भिल्लाको जितमा योउरी टिएलेमान्स, एमिलिआनो बुएन्डिया र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए ।

 

एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । अहिलेसम्म युरोपा लिगको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने सेभिया रहेको छ । सेभियाले ७ पटक उपाधि जितेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार