तेक्वान्दो खेलाडी वैभवी सापकोटा भक्तपुरको उत्कृष्ट वर्ष खेलाडी घोषित

६ जेठ, २०८३, बुधवार
सारांश
  • आज आयोजित एक कार्यक्रमका बीच भक्तपुर नगरपालिकाले वैभवीलाई उत्कृष्ट महिला तेक्वान्दो खेलाडीको रुपमा सम्मान गरेको हो ।

भक्तपुर: ११ वर्षीया तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई भक्तपुर जिल्लाको वर्षको उत्कृष्ट खेलाडी घोषित गर्दै भक्तपुर नगरपालिकाले सम्मान गरेको छ ।

 

आज आयोजित एक कार्यक्रमका बीच भक्तपुर नगरपालिकाले वैभवीलाई उत्कृष्ट महिला तेक्वान्दो खेलाडीको रुपमा सम्मान गरेको हो ।

 

वैभवीले २०८२ सालमा थाइल्यान्ड र भारतमा भएको विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी थिइन् । साथै, वैभवीले डोजाङ, जिल्ला, उपत्यका, प्रदेश, राष्ट्रिय प्रतियोगितामा स्वर्णसहित दर्जनौं पदक जितेकी छिन् ।

 

वैभवीले विगत ५ वर्षदेखि निरन्तर तेक्वान्दो खेल्दै आएकी छिन् । यसक्रममा वैभवीले चार दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन्  ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार