- राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०६ जेठ । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।
लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।
यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।
राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दैछ । त्यस्तै, लखनउको भने यो यस सिजनमा नवौं हार हो । १३ खेलमा केवल ८ अंकसहित लखनउ पुछारमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।