प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल

२०८३ जेठ ०५ मङ्गलवार
सारांश
  • आर्सनल इङलिश प्रिमियर लिगको उपाधि जितको नजिक पुगेको छ ।

काठमाण्डौ, ०५ जेठ ।  आर्सनल इङलिश प्रिमियर लिगको उपाधि जितको नजिक पुगेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितको नजिक पुगेको हो ।

 

आर्सनलको जितमा खेलको ३६औं मिनेटमा काइ हाभर्टले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनलको ३७ खेलमा ८२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ ।  दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलमा ७७ अंक रहेको छ ।  अब आर्सनलले अन्तिम खेल मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने तालिका रहेको छ ।

 

त्यस्तै म्यानचेस्टर सिटी आज राति हुने बोर्नमाउथसँगको खेलमा पराजित भएमा वा बराबरीमा रोकिएमा भने आर्सनलले लिगको उपाधि जित्ने छ ।  सिटीले यो खेल जितेमा भने लिग उपाधिको निर्णय अन्तिम खेलबाटै हुने छ ।  म्यानचेस्टर सिटीको अन्तिम खेल भने मे २४ मा एस्टन भिल्लासँग रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार