- दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०४ जेठ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ५८ रन बनाए भने अभिषेक पोरेलले ५१, कप्तान अक्सर पटेलले ३४ र आशुतोष शर्माले १८ रन बनाएका थिए ।त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बृजेश शर्माले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १९३ रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले ५३ रन बनाए भने कप्तान रियान परागले ५१ तथा वैभव सुर्यबंशीले ४६ रन बनाएका थिए ।
त्यस्तै दिल्लीका बलर मिचेल स्ट्राकले ४ विकेट लिए भने लुंगी एंगीडी र माधव तिवारीले २-२ विकेट लिएका थिए ।दिल्लीको यो जितपछि प्लेअफको समीकरण रोचक हुने देखिएको छ । अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुगिसकेको छ भने लखनउ र मुम्बई प्लेअफको दौडबाट बाहिर रहेका छन् । अन्य तिन स्थानको लागि सात टिमको प्रतिष्पर्धा रहेको छ ।
यो जितपछि दिल्लीको १३ खेलमा १२ अंक भएको छ र हाल सातौं स्थानमा रहेको छ । दिल्लीले अब अन्तिम खेल आगामी आइतबार कोलकोतासँग खेल्ने छ । त्यस्तै राजस्थानको भने १२ खेलमा १२ अंक रहेको छ र हाल छैटौं स्थानमा छ । राजस्थानले अब आफ्ना बाँकी दुई खेल आगामी मंगलबार लखनउसँग र आगामी आइतबार मुम्बईसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।