इस्पोनियोलमाथि बार्सिलोनाको सहज जित

२०८२ चैत्र २९ आइतवार
सारांश
  • बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा इस्पेनियोललाई पराजित गरेको छ ।

काठमाण्डौ, २९ चैत्र । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा इस्पेनियोललाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पेनियोललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने लामीन यमल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै, इस्पेनियोलका लागि पोल लोजानोले एक गोल गरेका थिए ।

 

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७९ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ९ अंकले अगाडी भएको छ ।

 

त्यस्तै, इस्पोनियलको ३१ खेलमा ३८ अंक रहेको छ र हाल १०औं स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार