शहीद स्मारक एन्फा महिला लिग आजदेखि

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि शहीद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ ।

काठमाण्डौ, ०४ चैत्र । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि शहीद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ ।  

 

वैशाख १२ गतेसम्म ललितपुरस्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जानकारी दिएको छ ।

 

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यूरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट पोखरा, संकटा क्लव र त्रिभुवन आर्मी एफसी गरि ९ क्लबको सहभागिता रहनेछ ।

 

उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टिमका प्रशिक्षक र कप्तानहरुले खेलाडीहरू लिगका लागि तयार रहेको बताएका थिए ।

 

आज लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबीच विहान ११ बजेदेखि तथा अर्को खेल त्रिभुवन आर्मी क्लब र झापा एफसीबीच दिउसो ३ बजेदेखि शुरु हुने हुने तालिका रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार