अस्ट्रेलिया जारी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरियो

५ फाल्गुन, २०८२, मगलवार
सारांश
  • यस नतिजासँगै जिम्बाब्वे समुह बी बाट सुपर आठमा प्रवेश गरेको छ। यसअघि सोमबार अस्ट्रेलिया श्रीलंका राष्ट्रिय क्रिकेट टोली सँग ८ विकेटले पराजित भएको थियो भने फेब्रुअरी १३ मा जिम्बाब्वेसँग २३ रनले हारेको थियो ।

काठमाडौँ: अस्ट्रेलिया जारी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।

 

मंगलबार जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाको सुपर आठको यात्रा टुंगिएको हो । क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा खेलको टससमेत नभएर खेल रद्ध भएको थियो ।

 

यस नतिजासँगै जिम्बाब्वे समुह बी बाट सुपर आठमा प्रवेश गरेको छ। यसअघि सोमबार अस्ट्रेलिया श्रीलंका राष्ट्रिय क्रिकेट टोली सँग ८ विकेटले पराजित भएको थियो भने फेब्रुअरी १३ मा जिम्बाब्वेसँग २३ रनले हारेको थियो ।

 

अब अस्ट्रेलियाले फेब्रुअरी २० मा ओमान राष्ट्रिय क्रिकेट टोली सँग खेल्न बाँकी छ । तर उक्त खेल जिते पनि मिचेल मार्शको टोली सुपर आठमा पुग्न नसक्ने पक्का भएको छ ।

 

टी–२० विश्वकप इतिहासमा अस्ट्रेलिया समूह चरणबाट बाहिरिएको यो दोस्रो पटक हो ।

 

 यसअघि सन् २००९ मा रिकी पोन्टिङको कप्तानीमा पनि टोली लिग चरणबाटै बाहिरिएको थियो ।

 

समूह ‘बी’ बाट श्रीलंका ६ अंक र जिम्बाब्वे ५ अंकसहित सुपर आठमा पुगेका छन्।

 

 अस्ट्रेलिया अन्तिम खेल जिते पनि अधिकतम ४ अंकमै सीमित हुने भएकाले समूहबाट दुई टोली मात्र अघिल्लो चरणमा जाने प्रावधानअनुसार अस्ट्रेलियाको यात्रा लिग चरणमै समाप्त भएको हो ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार