- विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो ।
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।
विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो । श्रीलंका ए ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । यसअघि श्रीलंका ए ले पहिला ब्याटिंग गर्दै ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
यसअघि पहिलो खेलमा नेपाल श्रीलंका ए सँग ६ विकेटको हार बेहोरेको थियो ।
नेपालले श्रीलंकामा अब जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ ।
भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’