अलोन्सोले छोडे रियल म्याड्रिड, अर्बेलोआ बने नयाँ प्रशिक्षक
२०८२ पुष २९ गते मङ्गलवार
- रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको जानकारी दिएको छ ।
काठमाडौँ: जाबी अलोन्सोले रियल म्याड्रिडको प्रशिक्षक छोडेका छन् । स्पेनिस सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएसँगै अलोन्सोले रियल म्याड्रिड छोडेका हुन् ।
रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको जानकारी दिएको छ ।
उनी २०२५ को जुनमा मात्र रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । यसअघि बायर लिभरकुसनमा प्रशिक्षकको रुपमा सफल रहेका अलोन्सो रियल म्याड्रिडमा भने सफल हुन सकेनन् ।
रियल म्याड्रिडले तत्काल अल्भारो अर्बेलोआलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छ । ४२ बर्षिय अर्बेलोआ रियल म्याड्रिडका पूर्व खेलाडी हुन् । उनले २००९ देखि २०१६ सम्म क्लबमा खेलेका थिए । उनी हाल रियल म्याड्रिडको बि टिमका प्रशिक्षक थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’