नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • उनले जित–हार खेलको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमविरुद्ध नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली क्रिकेटको दस्तक दिएको बताए ।

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

 

सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।

 

अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन् । ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याएको छ ।’

 

उनले जित–हार खेलको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमविरुद्ध नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली क्रिकेटको दस्तक दिएको बताए । ‘त्यो प्रदर्शनपछि नेपाली क्रिकेट अझ माथि जान्छ भन्ने विश्वास बलियो भएको छ,’ अध्यक्ष चन्दले भने ।

 

अध्यक्ष चन्दले अब नेपाली क्रिकेटलाई आम नेपाली, राजनीतिक दल र सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । ‘नेपाली जनताको अपेक्षा अनुसारको प्रदर्शन भएको छ, अब यसलाई संस्थागत रूपमा अगाडि बढाउन सबैको सहयोग जरुरी छ,’ उनले जोड दिए । उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार