- बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।
काठमाडौं: बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ ।
बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।
उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद झनै उत्कर्षमा पुगेको हो ।
यसैबीच, भारतमा बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार भएको विषयलाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले निर्देशन दिएपछि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि टोलीबाट हटाएको छ ।
बीसीसीआई सचिव देवाजित साइकियाले हालका घटनाक्रमलाई ध्यानमा राख्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरेका थिए । उनले आवश्यकता परे प्रतिस्थापन खेलाडी लिन बीसीसीआईले अनुमति दिने पनि बताएका छन् ।
मुस्ताफिजुर रहमान गत वर्षको मिनी अक्सनमार्फत आईपीएल २०२६ का लागि केकेआरमा ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए । बंगलादेश–भारत सम्बन्ध र क्षेत्रीय घटनाक्रमले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत असर पार्न थालेको यो घटनाले देखाएको छ ।
यसैबिच पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले २०२६ पुरुष टी–२० विश्वकपका लागि भारतमा खेल्न नआउने विषयमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष गरेको अनुरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको बताउँदै बंगलादेश भारतमा खेल्न चाहन्छ कि चाहँदैन भन्ने निर्णय अन्ततः उसैको हुने स्पष्ट पारेका छन् ।
एएनआईसँग कुरा गर्दै हरभजन सिंहले भने,“पछिल्ला केही दिनमा भएका घटनाका कारण बंगलादेश भारत आउन चाहँदैन । बंगलादेशमा जे भयो, त्यो गलत हो । अब आईसीसीले उनीहरूको अनुरोधमा निर्णय लिनुपर्छ । हामी भारतमा सबैलाई स्वागत गर्छौं, तर उनीहरू यहाँ आउन चाहन्छन् कि चाहँदैनन् भन्ने उनीहरूको छनोट हो ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।