साफ महिला क्लब च्याम्पियनसिप: आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

२०८२ पुष ०५ शनिवार
सारांश
  • फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।

काठमाण्डौ, ५ पुष । आज साफ महिला क्लब च्याम्पियनसिपको फाइनल हुँदैछ ।

 

फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।

 

यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो । 

 

यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार