फिफाले २०२६ फुटबल विश्वकपको पुरस्कार रकम ५० प्रतिशतले बढायो

२०८२ पुष ०३ विहीवार
सारांश
  • २०२६ को विश्वकप विजेता देशले ५० मिलियन डलर प्राप्त गर्ने छ भने उपविजेताले ३३ मिलियन डलर पाउने छ । त्यस्तै तेस्रो हुनेले २९ मिलियन, चौथो हुनेले २७ मिलियन डलर पाउने भएको छ ।

काठमाण्डौ, ३ पुष । फिफाले अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलमा सहभागी देशहरूलाई प्रदान गरिने पुरस्कार रकममा ५० प्रतिशत वृद्धिको घोषणा गरेको छ । फिफाले विश्वकपमा कुल पुरस्कार रकम ७२७ मिलियन डलर अनुमोदन गरेको छ ।

 

२०२६ को विश्वकप विजेता देशले ५० मिलियन डलर प्राप्त गर्ने छ भने उपविजेताले ३३ मिलियन डलर पाउने छ । त्यस्तै तेस्रो हुनेले २९ मिलियन, चौथो हुनेले २७ मिलियन डलर पाउने भएको छ ।

 

त्यसैगरी पाँचौदेखि आठौँ स्थानसम्मले १९ मिलियन डलर, नवौंदेखि १६औं स्थानसम्मले १५ मिलियन डलर, १७औं देखि ३२औं स्थानसम्मले ११ मिलियन डलर र ३३औं देखि ४८औंसम्मको देशले ९ मिलियन डलर पाउने भएको छ ।

 

यसका अतिरिक्त फिफाले हरेक सहभागी टिमलाई विश्वकपको तयारीका लागि १.५ मिलियन डलर अतिरिक्त प्रदान गर्ने छ ।

 

२०२६ को विश्वकप विज्ञापन अधिकार र टिकट बिक्रीको हिसाबले ठूलो आम्दानी गर्ने प्रतियोगिता हुनेछ र यसले फिफालाई कम्तिमा १० बिलियन डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

 

२०२२ को फिफा विश्वकपमा ४४० मिलियन डलर पुरस्कार स्वरूप वितरण गरिएको थियो भने विश्वकप विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार