विराटनगरलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

२०८२ मङ्सिर २३ मङ्गलवार
सारांश
  • सुदूरपश्चिमका बलर अविनाश बोहोरा, स्कट कुग्लाइन र हरमित सिंहले २-२ विकेट लिए भने हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

काठमाडौँ: सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
 

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट हुदै ७८ रन मात्र बनाएको थियो । विराटनगरका लागि फाफ डू प्लेसीसले सर्बाधिक ३६ रन बनाए भने मर्चेन्ट डि लांगेले १५ र बसिर अहमदले १२ रन बनाएका थिए । विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
 

सुदूरपश्चिमका बलर अविनाश बोहोरा, स्कट कुग्लाइन र हरमित सिंहले २-२ विकेट लिए भने हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।  
 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०-२० रन बनाएका थिए । त्यस्तै हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लांग र प्रतिस जिसीले २-२ विकेट लिएका थिए भने सुर्य तामाङ र साम हीजलेटले एक एक विकेट लिएका थिए ।
 

अब सुदूरपश्चिमले आगामी शनिबार हुने फाइनल खेलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छन् ।
 

त्यस्तै यस खेलमा पराजित भएको विराटनगरले फाइनलमा पुग्ने एक अवसर पाउने छ । विराटनगरले अब लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार