- अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा गएराती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा बिभाजन गरीएको छ ।
काठमाण्डौ, २० मङ्सिर । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा गएराती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा बिभाजन गरीएको छ ।
अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।
समुह बिभाजन
समुह ए
मेक्सिको
दक्षिण अफ्रिका
दक्षिण कोरिया
युरोप प्लेअफ (चेक रिपब्लिक/आयरल्याण्ड/डेनमार्क/उत्तरी माचेडोनीया)
समुह बी
क्यानडा
कतार
स्वीजरल्याण्ड
युरोप प्लेअफ (वेल्स/ बोसिनिया हर्जगोभिना/ इटाली/उत्तरी आयरल्याण्ड)
समुह सी
ब्राजिल
मोरक्को
हैटी
स्कटल्याण्ड
समुह डी
अमेरिका
पराग्वे
अस्ट्रेलिया
युरोप प्लेअफ (स्लोभाकिया/कोसोभो/टर्की/रोमानिया)
समुह इ
जर्मनी
कुराकाओ
आभारी कोष्ट
इक्वेडर
समुह एफ
नेदरल्याण्डस
जापान
ट्युनिसिया
युरोप प्लेअफ (युक्रेन/स्विडेन/पोल्याण्ड/अल्बानिया)
समुह जी
बेल्जियम
इजिप्ट
इरान
न्यूजील्याण्ड
समुह एच
स्पेन
केप भेर्डे
साउदी अरेबिया
उरुग्वे
समुह आई
फ्रान्स
सेनेगल
नर्वे
इन्टर कन्टिनेन्टल प्लेअफ (इराक/बोलिभिया/ सुरिनेम)
समुह जे
अर्जेन्टिना
अल्जेरिया
अस्ट्रिया
जोर्डन
समुह के
पोर्चुगल
उज्बेकिस्तान
कोलोम्बिया
इन्टर कन्टिनेन्टल प्लेअफ (डिआर कंगो/जमैका/ न्यू कालेडोनिया)
समुह एल
इङल्याण्ड
क्रोसिया
घाना
पानामा
२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् । त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।
हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाई १९ मा हुने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’