- एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो ।
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् ।
एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो ।
खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार बर्षे कार्यकाल पुरा गरि विदा लिनु भए पछि सदस्य सचिवको पद रिक्त थियो ।
परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिए । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गरेका थिए ।
परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको उल्लेख गरेका थिए ।
मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।