जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

२०८२ मङ्सिर १९ शुक्रवार
सारांश
  • जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

काठमाडौं: लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

 

लुम्बिनीले जनकपुरलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । 

 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डिआर्ची शर्टले ३०, जेजे स्मिटले २१, निरोश डिकवेलाले १७ र दिलिपनाथले अविजित १५ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलरसंगीथ कूरेले ३ विकेट लिएका थिए भने मयन यादवले २ विकेट लिएका थिए ।     

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको थियो । जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रोहित पौडेल र शेर मल्लले २-२ विकेट लिएका थिए भने जेजे स्मिट र रुबेन ट्रम्पपेलमेनले एक एक विकेट लिएका थिए ।

 

यो जितपछि लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । योसँगै लुम्बिनीसँगै विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स एनपीएलको दोस्रो सिजनको प्लेअफमा पुगेका छन् । त्यस्तै एनपीएलको डिफेन्डिङ च्याम्पियन जनकपुरसहित चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार