एनपीएलमा आज दुई खेल

२०८२ मङ्सिर १८ विहीवार
सारांश
  • जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

काठमाण्डौ, १८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

 

जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । काठमाडौँको लिग चरणको यो अन्तिम खेल पनि हो ।

 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यस्तै त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यसैगरी आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दिउसो ४ बजेदेखि खेल्दैछन् । जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ र प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनको भने ५ खेलमा ४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

 

दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

 

त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार