- काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो ।
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो ।
चितवनका लागि देव खनाल र रवि भोपाराले २१-२१ रन बनाएका थिए भने सोहेल तनवीरले १८ रन बनाएको थियो । त्यस्तै काठमाडौँका बलर रशिद खानले ३ विकेट लिएका थिए भने करण केसी, मिलिन्द कुमार र शाहब आलमले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।
त्यस्तै काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए ।
यो जितपछि काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने चितवनले ४ खेलमा २ खेल र २ हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’