एनपीएलमा आज दुई खेल हुँदै

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • आज पहिलो खेल बिहान ११: ४५ बजेदेखि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । लुम्बिनीले यस सिजनमा अहिलेसम्म खेलेका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले अहिलेसम्म तिनै खेल जितेर अपराजित रहेको छ ।

काठमाण्डौ, ११ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

 

आज पहिलो खेल बिहान ११: ४५ बजेदेखि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । लुम्बिनीले यस सिजनमा अहिलेसम्म खेलेका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले अहिलेसम्म तिनै खेल जितेर अपराजित रहेको छ ।

 

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यसैगरी, दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

 

त्यस्तै, आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दिउसो ४ बजेदेखि खेल्दैछन् । जारी प्रतियोगितामा जनकपुर र पोखरा दुवैले २-२ खेलमा दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेका छन् ।

 

अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यसैगरी, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार